Logo

विश्वकर्मालाई ५ दिन थुनामा राख्न अदालतको आदेश



काठमाडौं, २३ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

चन्दा संकलनको अभियोगमा मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ परेका विश्वकर्मालाई ५ दिन थुनामा राखेर आवश्यक अनुसन्धान गर्न आदेश दिइएको हो ।

विश्वकर्मालाई काठमाडौं प्रहरीले चन्दा ऐनअन्तर्गत कारबाही र मुद्दा चलाउने तयारी गरेको परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot