Logo

राजधानी दुर्गन्धित मेयर विदेशको स्च्छ बाताबरणमा घुम्दै



काठमाडौं २४ साउन । नुवाकोटस्थित ओखरपौवाका बासिन्दाले अवरोध पुर्‍याएपछि राजधानी काठमाडौं महानगरभित्र जताततै फोहोर थुप्रिएको छ । झण्डै एक महिनादेखि राजधानी दुर्गन्धित बनेको छ । फोहोर नउठेर महानगर दुर्गन्धित छ । दुर्गन्धमा हावा मिसिँदा नागरिकले लिने श्वासप्रश्वासका कारण सरुवा रोग लाग्ने, पानीमा मिसिँदा झाडापखाला लाग्ने र फुडपोइजन हुनेजस्ता समस्याको खतरा देखिएको छ।

फोहोरका ट्रिपरले सडकमा बनेका खाल्डाखुल्डीले कोही बिरामी परे ट्याक्सी गुडाउने अवस्था नभएको, बिरामी हुँदा स्वास्थ्यचौकीमा सिटामोलसम्म नभएको, प्रभावित गाउँका बालबालिकालाई अध्ययनका लागि विगतमा गरिएका सम्झौता कार्यान्वयन नभएकोजस्ता कारण देखाउँदै ओखरपौवावासीले काठमाडौंबाट लगिने फोहोरलाई सिसडोल ल्यान्डफिल साइटमा फाल्न नदिएका हुन् ।मेयर विद्यासुन्दर शाक्य भने फोहर व्यवस्थापनमा कुनै चासो नदिई विदेश भ्रमणमा छन् । उनी सरकारको अनुमति समेत नलिएर जापा पुगेका छन् । केहीदिनदेखि उनी उतैको सफा बाताबरणमा रमाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot