Logo

प्रेदश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्छः अनिल झा



काठमाडौं, २४ साउन ।  राजपा अध्यक्ष मण्डलका नेता अनिल कुमार झाले प्रदेशलाई अधिकार सम्पन्न नबनाईदा सरकार बनेको ६ महिना वितिसक्दा पनि सोचे अनुसारको काम हुन नसकेको बताएका छन् ।

नेपाली रेडियो नेकवर्क मार्फत प्रसारण हुने लोकप्रिय कार्यक्रम नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानिमा नेता झाले यस्तो बताएका छन् ।

प्रदेश नम्बर २ को विकासका बारेमा राज्यको नीतिनै कम्जोर रहेको बताउदै नेता झाले भने, ‘संविधानमा लेखेका कुराहरु विस्तारै कार्यन्वयन हुदै जालान, तर प्रदेश सरकार बनेको ६ महिनामै परिणाम खोज्नु यचित नहोला तर केन्द्रीय सरकारले प्रदेश सरकारलाई पूर्ण अधिकार सहितको बनाउने भने काम हुन्छ, विकास हुन्छ ।’

मधेश आन्दोलनमा जनतालाई अधिकार दिन्छौं भनेर भन्नु भयो सरकारमा हुँदा पनि जनताको लागि केही गर्न सक्नु भएन नि ? भनेर सोधिएको प्रश्नमा नेता झाले भने,‘सरकारलाई हाम्रो सहमति छ, केपीशर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ, हामीसँग गरिएका सबै सहमति पालना गर्नुपर्छ भन्नेमा छौं, मधेशी जनताको लागि केन्द्रीय सरकार पनि लाग्नुपर्छ भन्ने हाम्रो सुझाव छ ।’

सामथ्र्य र प्रदेश सरकारलाई दिएको अधिकारको आधार प्रदेशको विकास हुनेमा बताउदै नेता झाले मधेशवाद गर्वको कुरा भएको बताए ।
पृथ्वीनारायण शाहको पालापछि २५० वर्षसम्म पनि विकास नभएको मधेशको विकास ६ महिनामै नहुने दाबि गरे । साथै उनले दुईवर्षमा प्रदेश सरकारले राम्रो काम गरेर जनतालाई देखाउने बताए ।



प्रतिक्रिया दिनुहोस्