Logo

शान्ति समाज दाङको अधिबेशनको तयारी तीब्र



सर्वसम्मत नयाँ नेतृत्वको खोजि गर्दै पुर्व सभापतिहरु 
शरद रेग्मी , साउन २४ दाङ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको ११ औ जिल्ला अधिबेशनको तयारि अन्तिम चरणमा पुगेको छ ।
आगामि दुई बर्षका लागि सर्वसम्मत रुपमा नयाँ नेतृत्वको चयन गर्न समाज दाङका सस्थापक सभापति बरिस्ठ अधिवक्ता डिल्लिराज धितालको सयोजकत्वमा एक समिति समेत चयन गरिएको सचिब शरद रेग्मीले जानकारी दिनुभएको छ ।

शनिवार २१ औ साधारणसभा तथा ११ औ अधिबेशन समेत दाङको तुलसिपुरमा आयोजना हुन लागेको छ । अधिबेशनलाई सभ्य र भब्य बनाउनका लागि बिभिन्न ब्यक्तिहरुलाई जिम्मेवारी समेत प्रदान गरिएको छ ।

यता शान्ति समाज दाङका सभापति सुरेश हमाल र सचिव शरद रेग्मीले सयुक्त बिज्ञप्ति जारि गरि सनिवार बिहान ११ बजे राप्ती समितिको प्रधान कार्यालय तुलसिपुरमा उपस्थितिका लागि अनुरोध गर्नु भएको छ । समाजका सम्पूर्ण साधारण सदस्य ,आजिवन सदस्य ,पत्रकार ,विभिन्न सङघ सस्था तथा राजनीतिक दलहरुमा उपस्थिति भैदिनुहुन सादर अनुरोध गर्दछौं बिज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot