Logo

कति बजेटमा बन्यो आमिर खानको ‘ठग्‍स अफ हिन्दुस्‍तान’ ?



काठमाडौँ,२४ साउन । यशराज ब्यानर निर्माणमा बनेको आमिर खान अभिनित ‘ठग्‍स अफ हिन्दुस्‍तान’ को सुटिङमा करीब २ सय करोड खर्च भएको सार्वजनिक गरिएको छ । सुत्रका अनुसार, फिल्मका लागि १८ औँ शताब्दीमा चलन चल्तिमा रहेकको भारतिए मोडेलको सेट पनि तयार पारिएको थियो ।

फिल्मको इटलीको माल्‍टा, थाइल्याण्डको बैंकक, भारतको जोधपुर र गोवाको मल्टिपल लोकेशनमा सुटिङ गरिएको छ, जसमा महंगो बजेट खर्च भएको छ ।

देश र विदेश गरि कुल ४५ स्टन्ट परफर्मर, बडि डबल, फाइट कोरियोग्राफर र एक्सन डाइरेक्टर हायर गरिएको छ । तर, निर्देशक विजय कृष्‍ण आचार्यले यस फिल्ममा मोटो रकम खर्च गर्नका लागि आदित्य चोपडासँग अनुमती लिएका छन् ।सबैभन्दा बढी खर्च एक्सन सिनमा भएको जनाईएको छ ।

सुत्रका अनुसार, ‘ठग्‍स अफ हिन्दोस्‍तान’ मा बढी एक्सन ‘दंगल’ गर्ल फातिमा सना शेखको छ । उनलाई तरवार चलाउन, कुस्ती खेल्न र भालाबाट लडाईँ गर्नका लागि चार महिनाको तालिम लिनु परेको बताईएको छ । दुई महिनाको सेड्यूल आमिर खानको थियो ।

यस्तै, अभिनेता अमिताभ बच्चनले पनि दुई हप्ता ट्रेनिङ लिएको जनाईएको छ । फिल्ममा बिग बीले आफ्नो बढीजसो स्टन्ट आफैंले दिएका छन् । यो फिल्ममा दर्शकले फेरि अमिताभको पुरानो चिर परिचित एंग्री म्यानको अवतार देख्न पाउने आशा गरिएको जनाईएको छ । ऐजेन्सि



प्रतिक्रिया दिनुहोस्

Screenshot