Logo

शेयर बजार ओरालो



काठमाडौँ, २४ साउन । शेयर बजार आज पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६।६९ बिन्दुले ओरालो लागेर एक हजार १८० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १।३७ बिन्दुले घटेर २४९।१३ बिन्दुमा पुगेको छ ।

आइतबारदेखि सामान्य अंकमा घट्दै आएको बजार आज भने करिब सात अंकले ओरालो लागेको हो । स्टकका अनुसार आज कूल १६३ कम्पनीको आठ लाख ६९ हजार ३०७ कित्ता शेयर रु १९ करोड ६९ लाख ४५ हजार २७३ मूल्यमा खरिद बिक्री भएको छ ।

व्यापार उपसमूहको मात्रै आज शेयर बढेको छ । सो उपसमूहको शेयर २।११ बिन्दुले बढेको छ । अन्य उपसमूहको शेयर भने आज घटेका छन् । बैंकिङ ३।३७, होटल ३१।५२, विकास बैंक १।३१, जलविद्युत् १६।८८, वित्त ०।७, निर्जीवन बीमा ७०।०७, अन्य ०।४२, माइक्रोफाइनान्स १६।४७ र जीवन बीमा समूहको १०२।८३ बिन्दुले घटेको छ ।

आरम्भ माइक्रोफाइनान्स, साल्ट टे«डिङ कर्पोरेशनका शेयरधनीले आज कमाएका छन् भने मल्टीपर्पस फिनान्स कम्पनी र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot