Logo

भारतमा बाढीका कारण २२ को मृत्यु



काठमाडौँ, २४ साउन । भारतको केरला राज्यमा बाढी पहिरोका कारण गत २४ घण्टामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षापछि आएको बाढी पहिरोले अरु कैयौँ बेपत्ता पनि भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । मृत्यु भएकाहरु इडुक्की, मालापुराम, कोझीकोडे वायानाडा र इर्नाकुलाम जिल्लामा रहेका समाचारमा जनाइएको छ ।

केरला राज्यका मुख्य मन्त्री पिनारायी भिजायानले बाँधहरुमा पानीको मात्रा बढेपछि २६ बर्षमा पहिलो पटक इदुकी जलाशयको चेरुथोनी बाँधका गेटहरू खोलिएको जानकारी गराएका छन। बाढीले बढी क्षति पु¥याएकोले बाँधका गेटहरू खोल्नुपरेको उनले बताएका छन । पछिल्लो विवरण अनुसार इर्नाकुलाम जिल्लामा थप दुई जनाको मृत्यु भइ कुल मृत्यु हुनेहरुको संख्या २२ पुगेको हो ।

त्यस अगाडी इडुक्कीमा ११ जनाको, मालापुराममा छ जनाको, कोझीकोडेमा दुई जनाको र वायानाडमा एक जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीले जानकारी दिएका छन् । “तल्लो भूभागमा रहेको अधिकांश ठाउँहरूमा बाढी पसेको छ, पालाक्काड, वायालाड र कोझीकोडे जिल्लामा केही बेपत्ता भएका छन्,” ती अधिकारीले भने ।

“अवरुद्ध भएका हवाइ सेवाहरू पुनः सुरु गर्न लागिएको छ भने मौसमी अवस्थामा सुधार भइरहेको छ,” विमानस्थलका एक अधिकारीले भने । विद्यालय र कलेजहरू बन्द गरिएको स्थानीय टेलिभिजनहरुले बताएका छन् । केरला राज्यका मुख्य मन्त्री पिनारायी भिजायानले बाँधहरुमा पानीको मात्रा बढेपछि बाँध खोलिएकाले बाढीले बढी क्षती पुर्याएको जनाएका छन ।रासस



प्रतिक्रिया दिनुहोस्