Logo

स्मृतिको स्वरमा ‘नाचौं घुमी घुमी’ सार्वजनिक-भिडियो सहित



काठमाडौं, २५ साउन । हिन्दु नारीहरुको महान पर्व तीज आउन एक महिना केही दिन अझै बाँकि छन् । कलाकारहरुले एकपछि अर्को गर्दै तीजका भाकाहरु बजारमा ल्याउने क्रम तीव्र रुपमा अघि बढाएका छन् ।

यसै क्रममा गायिका स्मृति गौतम र चर्चित गायक अमृत खातीको संयुक्त प्रस्तुतिका रुपमा नाचौं घुमी घुमी’ बोलको गीत हाइलाइट नेपालको युट्युब मार्फत सार्बजनिक गरिएको छ । अमृत खाती र स्मृती गौतमको स्वर रहेको गीतमा जीवनन अर्यालको शब्द रचना र गायक खातीको लय रहेको छ ।

प्रकाश खडकाको छायाङ्कन तथा मिलन बिकको सम्पादन रहेको उक्त म्युजिक भिडियो बिक्रम चौहानको निर्देशन रहेको छ । गीतमा नायिका अनु शाह र सन्जिब ठकुरीको नृत्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot