Logo

शिक्षा दिवस मनाउन आग्रह



काठमाडौँ, २५ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल यस वर्षको राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन प्रदेश र स्थानीय सरकारलाई आवश्यक तयारीमा लाग्न आग्रह गरेका छन ।

आगामी सेप्टेम्बर ८ भदौ २३ मा हुने सो दिवसका संघीय गणतन्त्र नेपालको समाजवादउन्मुख शिक्षाको विकासतर्फ मुलुक अग्रसर भइरहेको सन्दर्भमा प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय र सबै स्थानीय तहलाई दिवस सफल बनाउन लाग्न आग्रह गरिएको जनाईएको छ । यस वर्षको राष्ट्रिय शिक्षा दिवस ३९औँ हो ।

दिवसका लागि गठित मूल समारोह समितिको आजको पहिलो बैठकको अध्यक्षता गर्दै मन्त्री पोखरेलले परिवर्तित समय सुहाउँदो शिक्षाका लागि सरोकारवाला पक्षको राय र सुझावका आधारमा नयाँ शिक्षा नीति ल्याइने जानकारी दिएका छन । यही साउन १२ गतेको मन्त्रिस्तरीय निर्णयले १०२ सदस्यीय मूल समारोह समिति गठन गरेको थियो ।

समितिको बैठकले कार्यक्रम समन्वय, शैक्षिक स्मारिका प्रकाशन, सांस्कृतिक कार्यक्रम उपसमिति, प्रचारप्रसार, परिसंवादलगायत विभिन्न उपसमिति गठन गरेको छ । दिवसको आदर्श वाक्य तर्जुमाका लागि अलग्गै उपसमिति गठन गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot