Logo

इंगलिस प्रिमियर लिगको नयाँ सिजन आज रातिबाट



काठमाडौं,२५ साउन । इंगलिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज रातिबाट सुरु हुन गैरहेको छ । आजको उद्घाटन खेलमा म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी भिड्ने भएका छन ।

शनिबार भने ६ खेल हुने भएपनि आजलाई भने एउटा मात्र खेल हुने जनाईएको छ । न्युकासल युनाइटेडले टोटनह्यामसंग, बर्नमाउथले कार्डिफ सिटीसंग, फुल्हमले क्रिष्टल प्यालेससंग, हडर्सफिल्डले चेल्सीसंग, वाट्फोर्डले ब्राइटनसंग र वुल्भरह्याम्पटन वान्डरर्सले एभर्टनसंग खेल्नेछ ।

यसपटक प्रिमियर लिगमा थपिएका तीन नयाँ टोलीमा फुल्मह, कार्डिफ र वुल्भरह्याम्पटन हुन् । उदघाटन खेल १२ः४५ बजे म्यान्चेस्टरको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । ऐजेन्सि



प्रतिक्रिया दिनुहोस्

Screenshot