Logo

सलमानको ‘भारत’मा कैटरीना



काठमाडौँ, साउन २५। बलिउड अभिनेता सलमान खानको बन्दै गरेको नयाँ फिल्म ‘भारत’ मा प्रियंका चोपडाले नखेल्ने भएपछि अब कैटरीना कैफले खेल्ने समाचारमा जनाईएको छ । निक जोनाससंगको अफिएर्सका कारण उनि बिवाहको तयारीमा लागेको खवर संगै अघिल्लो सातामात्र प्रियंकाले आफू भारतमा खेल्न नसक्ने बताएकी थिइन ।

शुरुमै आफ्नो फिल्ममा सलमान कटरीनालाई नै लिन चाहान्थे तर प्रियंका अनुबन्ध भइन । भारतमा कैटरीना खेल्ने भएपछि सलमान अहिले निकै खुशी भएको बताइएको छ ।

भारतका निर्देशक अली अब्बास जफरले भने अनुसार कैटरीनाले स्क्रिप्टको अध्ययन पढेपछि आफ्नो भूमिका मन पराएकोले खेल्न निकै उत्साहित बनेको दाबी गरेका छन् । फिल्म भारतमा खेल्न उनी राजी भएकाले उनले जफरको प्रस्ताव सहर्ष स्वीकार गरेको बताईएको छ ।

यो भन्दा पहिला ‘भारत’मा प्रियंकालाई १२ करोड भारतीय रुपैया दिने सहमति भएको बताईएपनि कैटरीनाको पारिश्रमिक तय नभएकाले सलमान उनलाई प्रियंकलाई दिने जति पैसा दिन तयार रहेको समाचार स्रोतहरुमा जनाईएको छ ।

सलमान र कैटरीना बीच केही वर्षअघि अफेयर्सको चर्चा थियो । तर त्यो धेरै टिकेन । अहिल्यसम्म दुवै अविवाहित रहेका छन् ।ऐजेन्सि



प्रतिक्रिया दिनुहोस्

Screenshot