Logo

रुचार्इयो दिलिप र जयकिशनको अभिनय



काठमाडौं, २५ साउन । आजबाट रिलिज भएको फिल्म ‘पिरिम पर्या छन्’ ले राम्रो दर्शक पाएको छ । पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको कमेडी फ्लेबरको फिल्मको ट्रेलरमा नायकद्वय जयकिशन बस्नेत र दिलिप रायमाझी श्रीमति पीडित भएपछि ‘तरुनी’ खोज्न सहर पसेको कथाबस्तु छ । जुन कथा निकै हास्यप्रधान छ ।

फिल्ममा दिलिप रायमाझी, जयकिशन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे, रमेश बुढाथोकी, शोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला, उमा कार्की, लय संग्रौला, पुरन थापा, सुरवीर पण्डितलाई देख्न सकिन्छ ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मसको संयुक्त प्रस्तुति रहेको फिल्ममा विमल ढकालको छायांकन, विकास चौधरी र विनोद भुजेलको संगीत र बाबु बलामीको द्वन्द्व छ ।

फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गरेका हुन । जय र दिलिपको अभिनय सबैको रोजाइमा परेको छ ।

यसअघि कमेडी फिल्म ‘कान्छी मट्याङ ट्याङ’ निर्माण गरेका पुरन ‘पिरिम पर्या छन्’ प्रदर्शनपछि अर्को फिल्म ‘फेरि फेरि’ दर्शक माझ ल्याउने योजनामा छन् । ‘फेरि फेरि’ मा अर्पण थापा र ऋचा शर्मा मूख्य भूमिकामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot