Logo

स्मृतिले २४ औं जन्मोत्सव बृद्धा आश्रममा मनाईन !



काठमाडौं, २५ साउन । लोक तथा दोहोरी गायिका स्मृति गौतमले आफ्नो २४ औं जन्मजयन्ती गोकर्णेश्वर उत्तरगया बृद्धा आश्रममा मनाएकी छन् ।

पछिल्लो समयमा नेपाली कलाकारहरुले आफ्नो जन्मदिनको पावन अवसरमा बेसाहरा, दिन दुःखीहरुलाई आवश्यक सहयोग गरेर मनाउन थालेका छन् ।

यसै क्रममा गायिका गौतमले पनि खाद्यान्न सामग्रीहरु प्रदान गरेर आफ्नो जन्मोत्सव बृद्धाआश्रममा मनाएकी हुन । रिपोर्टर्सनेपाल डकटकसँगको कुराकानिमा उनले भनिन्,‘कलाकारहरु समाजका ऐना हुन, सम्पूर्ण कलाकारहले आफ्नो खुसिका दिनमा गर्ने खर्चको केही भाग साहरा विहिन वर्ग, समुदायलाई प्रदान गर्दा पीडितलाई केही हदसम्म राहत मिल्छ ।’

उनले अघि थपिन,‘मैले पनि यसो गर्नुपर्छ भनेर मैले सक्ने जति केही बोरा चालम, लाल, तेल लगायत सामग्रीहरु प्रदान गरेकी छु, यो कुनै चर्चाको लागि गरिएको होईन ।’

सिन्धुपाल्चोकमा स्थायी घर भएकी गायिका गौतमका घर त ठिमी, जवानि तिर्खा लगायतका गीतहरु चर्चामा रहेका छन् भने तीजको अवसरमा पारेर ‘नाचौं घुमी घुमी’ बोलको गीत बजारमा ल्याएकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot