Logo

रहेनन साहित्यकार यज्ञनिधि



काठमाडौँ, २५ साउन । साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको आज साँझ निधन भएको छ ।

लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिएका छन।

मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए । दुई दशकअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलासिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो ।

मस्तिष्कघातका कारण उनि मण्डिखाटारस्थित निवासमा लड्ेका थिए । चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि आज उनलाई थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो ।

खोटाङमा जन्मेका यज्ञनिधिले रेडियो नेपालमा लामो समय ‘साहित्य संसार’ कार्यक्रम सञ्चालन गरेका थिए । हाल उनले रेडियो अन्नपूर्णमा हरेक शनिबार ‘जदौँ’ कार्यक्रम चलाउँदै आएका थिए । उनका निबन्ध, कविता, गीत, समीक्षा, व्यङ्ग्य आदि प्रकाशित छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot