Logo

‘तीजको बेला नाच बरिलै’ बजारमा



काठमाडौँ, २६ साउन । लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘तीजको बेला नाच बरिलै’ बोलको गीत बजारमा ल्याएका छन ।

गीतमा गायक बराइलीले मनमा जति सुकै पीर भए पनि वर्ष दिनको चाड तीजका बेला दुःखलाई सुखमा बदलेर खुशीका साथ मनाउन आग्रह गरिएको छ। गायक बराइलीको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा चर्चित गायिका पूर्णकला विसीले स्वर दिएकी छन ।

भिडीयो हेर्न तलको लिङकमा जानुहोस

मल्लाजी म्युजिक प्रालिले मार्फत बजारमा आएको सो गीतमा गायक तथा निर्देशक प्रकाश बराइलीको निर्देशन, वीरेन्द्र भाट विपीनको छाँयाकन र उदिराम खड्काको सम्पादन रहेको छ । यसअघि गायक बराइलीका बाबा विश्वकर्मा, बोलाइ पासो भो, जिउन सिकायो, पर्वते ठिटो र जालैजोलगायत दर्जन गीत बजारमा उपलब्ध छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot