Logo

वितण्डा मच्चाएर जनतालाई दुःख नदिन विप्लवलाई प्रचण्डको चेतावनी



चितवन, २६ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्दलाई लक्षित गर्दै वितण्डता मच्चाएर जनतालाई आतंकित नपार्न चेतावनी दिएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा आज प्रेस सेन्टर र प्रेस चौतारी नेपालको संयुक्त पत्रकार भेटघाटका क्रममा उनले जनतालाई आतंकित पार्नुको साटो संवादमा आएर सहमतीको बाटो जान आग्रह समेत गरे।

आवश्यक कानुन निर्माण नहुँदा प्रादेशिक सरकारलाई जिम्मेवार बनाउन नसकिएको अध्यक्ष दाहालले बताए।

आवश्यक कतिपय ऐन कानुन बन्नै बाँकी रहेको र नयाँ राजनीतिक प्रयोग भएकाले पनि स्वभाविक रुपमा केही अफ्ठ्यारा देखिएको उनले बताए। उनले सुशासन र विकासलाई मूख्य नारा बनाएको सरकारले संवाद र सहमतिको बाटो जाने अपिल गरिरहेको बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot