Logo

स्पेनका नागरिकद्वारा मानवसेवा आश्रमलाई सहयोग



लमजुङ, २६ साउन । स्पेनका एक नागरिकले बेँसीशहरस्थित मानवसेवा आश्रमलाई रु ८० हजार सहयोग गरेका छन् । कामको सिलसिलामा नेपाल आएका स्पेनिस नागरिक लुइस जिमीनेजले सो सहयोग गरेका हुन।

शनिबार बेँसीशहर–७ मा रहेको आश्रममै पुगेर उनले नगद रु ८० हजार हस्तन्तरण गरेका थिए । ४७ वर्षीय लुइसले मानवसेवा आश्रमको गतिविधि सुनेपछि मानवीयताको नाताले सहयोग गरेको बताएका थिए ।

लुइसले सहयोग गरेको रु ८० हजारबाट उनकै परामर्शमा आश्रमको लागि टेलिभिजन खरिद गरिएको आश्रमकी संयोजक अनिता अधिकारीले जानकारी गराईन ।

लुइसले चार वर्षअघिदेखि बेँसीशहरस्थित गुम्बाको लागि करीब रु तीन लाख बराबरको सहयोग गर्दै आएका छन भने बेँसीशहरकै जनविकास माविमा रु छ लाख बराबरको सहयोग गर्दै आएको बताईएको छ । उनले मानव सेवा आश्रमका बारेमा पहिलो पटक सुनेको भन्दै आगामी वर्षहरूमा सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन ।

होटलमा जागिर गर्दै आएका लुइसले यसअघि नाइजेरियाका परिवारबिहीनलाई आश्रय, सुडान, इथियोपियाका गरिबीमा परेकालाई औषधि सहयोग तथा फिजीका विभिन्न विद्यालयमा स्वयंसेवक शिक्षण सहयोग गरेको बताएका छन । रासस



प्रतिक्रिया दिनुहोस्