Logo

चलचित्र ‘चङ्गा चेट’ प्रदर्शन मिति भदौ १५ मा कि २२ मा ?



काठमाडौं, २६ साउन । नेपाली नक्कली नोटसहित पक्राउ परेर २५ लाख धरौटीमा रिहा भएका निर्माता माधव वाग्ले निर्मित नयाँ फिल्म ‘चङ्गा चेट’ को रिलिज अन्योलमा परेको छ ।

केही हप्ता अगाडि निर्माण टिमले फिल्मको रिलिज डेट भदौ १५ गतेलाई लक गरेको थियो । सो मितिमा फिल्म रिलिज गर्ने भन्दै गीत सार्वजनिक गर्न कार्यक्रम पनि राखिएको थियो । तर अन्तिम समयमा टेक्निकल प्रोब्लम भन्दै गीत सार्वजनिक गरिएन ।

अब पूर्वनिर्धारित मितिमा ‘चङ्गा चेट’ नआउने कन्फर्म भएको छ । फिल्मीखबरसँग कुराकानी गर्दै निर्देशक दीपेन्द्र के। खनालले भदौ १५ मा फिल्म रिलिज नहुने कुरामा लालमोहर लगाए । अहिलेसम्म गीत त फ्याक्न सकेका छैनौं । पूर्वनिर्धारित मितिमा अब फिल्म आउँदैन, उनले भने ।

स्रोतका अनुसार, उक्त फिल्मलाई भदौ २२ मा ल्याउने तयारी भइरहेको छ । निर्देशक खनालले यो कुरा भने खुलाउन चाहेनन् । उनले फिल्मको नयाँ रिलिज डेट चाँडै घोषणा हुने बताए ।

भदौ २२ मा यसअघि नै रामकहानी र रोजी भिड्ने कन्फर्म भइसकेको छ । अब ‘चङ्गा चेट’ पनि यो मितिमा आउने कन्फर्म भए तीन ठूला फिल्मको भिडन्तले सिनेवृतमा अर्को तरंग सृजना गर्ने समाचार फिल्मि खबरले छापेको। दर्शक भने कुन फिल्म हेर्ने ? राम्रै दोधारमा पर्नेछन् ।
‘चङ्गा चेट’ मा प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा, आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा, सन्दीप क्षेत्री, आशिफ शाहलगायतका कलाकारको अभिनय छ ।



प्रतिक्रिया दिनुहोस्