Logo

भिक्षा माग्न रोक



काठमाडौं २७ साउन । जथाभावी भिक्षा माग्नेलाई पनि कारवाही हुने व्यवस्था ऐनमा गरिएको छ । दफा १२६ मा भिक्षा माग्न वा माग्न लगाउन रोक लगाइएको छ । कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन गर्न पाइने छैन । ऐन उलंघन गरी भिक्षा मागे त्याे भिक्षसमेत जफत हुने ऐनमा उल्लेख छ ।

त्यस्तै, पहिलो पटक भिक्षा मागेको भए एक महिनासम्म कैद वा १ हजार रुपैयाँसम्म जरिवाना र दोस्रो पटकदेखि प्रत्येक पटक २ महिनासम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । पहिलो पटक भिक्षा माग्न लगाए १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै र दोस्रो पटकदेखि प्रत्येक पटक ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ ।

तर, कुनै साँधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्पराअनुसार घरमा पुगेर भिक्षा माग गरेमा वा कुनै धार्मिक वा साँस्कृतिक कार्यमा भिक्षा माग्नेलाई कसूर लाग्ने छैन । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्