Logo

नेकपाको एकता पुगेन तलैसम्म



काठमाडौं २७ साउन ।  संघीय ढाँचा पहिल्यै गए पनि नेकपाले तल्ला कमिटीमा एकीकरण पु¥याउन सकेको छैन । तत्कालीन एमाले र माओवादीका समानान्तर अस्तित्व तलसम्म छ“दैछन् । त्यसले अप्ठ्यारो पारेपछि पार्टीले एकीकरण प्रक्रियालाई केही गति भने दिएको छ ।

यही क्रममा प्रदेशदेखि जिल्ला कमिटिसम्मका एकता प्रक्रियालाई अघि बढाउन संयुक्त कार्यदल बनाएको नेकपाले जनाएको छ । कार्यदलले पार्टी विधानअनुसार सम्वन्धित कमिटिमा पूर्वघटकहरुको अनुपात निर्धारण, त्यसमा रहने नेताहरुको नाम टुंगो र नेतृत्वबारे छलफल गरिरहेको सदस्य काशीनाथ अधिकारीले बताए ।

भदौं ५ भित्रै प्रदेश कमिटिहरुको एकीकरण सकेर दो श्रो साताभित्र पहिलो वैठक राखिसक्न केन्द्रीय नेतृत्वले निर्देशन दिएको छ । त्यसैले कार्यदल समायोजन प्रक्रिया छिटो टुंग्याउन दिनहुँ छलफलमा जुटिरहेको छ । कार्यदललाई सकभर सहमतिमा संख्या वाँडफाँड, नेतृत्वलगायत विषय टुंगो लगाई सुझाव सहितको प्रतिवेदन सिफारिस गर्न नेतृत्वले निर्देशन दिएको छ । आकांक्षी बढी देखिएकाले नेतृत्वबारे केन्द्रीय नेतृत्वको निर्णयलाई प्रदेश र जिल्लाले स्वीकार्ने भएका छन् ।

अधिकारीका अनुसार, प्रदेश ३ को कार्यादललाई अहिलेसम्म रसुवा, सिन्धुली पेशागत विशेष जिल्ला समितिले संख्याको वाडफाड लगाई नाम टुंगाएर प्रतिवेदन वुझाएका छन् । ‘भूगोलका १३ ओटै जिल्ला र विशेषका ४ जिल्ला समितिको प्रतिवेदन आईसकेपछि प्रदेशको टुंग्याउने गरि हामी छलफलमा छौं,’ उनले भने, ‘प्रदेश कमिटि पनि सहमतिसाथ हुन्छ ।’

छलफलका क्रममा प्रदेश १ मा २०७ सदस्यीयमध्ये पूर्वघटक एमालेबाट १२२ र माओवादीबाट ८५ जना रहने भएका छन् । प्रदेश २ मा वरावरीका आधारमा प्रदेश कमिटिको समायोजन गर्ने समझदारीमा दुवै घटक पुगेका छन् । कुल २१५ सदस्यीय प्रदेश कमिटिमा एक–एक सय सदस्य अहिले समायोजन गर्ने र वाकी १५ जना पछि थप्ने सहमति जुटेको केन्द्रीय सदस्य युवराज भट्टराईले वताए ।

प्रदेश ३ मा वन्ने २१७ सदस्यीय कमिटिमा पूर्वघटकहरुको संख्या कति हुने भन्ने अन्तिम टुंगो भने अहिलेसम्म लागेको छैन । तर छलफलका क्रममा ६०–४० र ५५–४५ प्रतिशतका आधारमा वाडफाड गर्नुपर्ने वहस उठेको छ । स्रोतका अनुसार, ३ नम्वर प्रदेशमा पूर्व एमालेलाई १२२ र माओवादीलाई ९५ सदस्य वाडफाड गर्ने गरि छलफल चलेको छ । कार्यदललाई प्रतिवेदन वुझाईनसकेपनि रामेछाप जिल्लाले भने गाउ तहसम्मकै एकताको सैद्दान्तिक आधारको टुंगो लगाएको छ ।

केन्द्रीय सदस्य माधव ढुंगोलका अनुसार, रामेछाप जिल्लामा नेकपाका पूर्वघटक एमालेवाट ६९ र माओवादीवाट ६६ जना रहने गरि भागवन्डा गरिएको छ । गाउपालिकामा पूर्व एमालेलाई ५ र माओवादीलाई ३ ओटा गाउपािलकाको नेतृत्वमा समझदारी वनाएका छन् । रसुवा जिल्लाले भने कुल १३५ सदस्यीय जिल्ला समितिमा पूर्व एमालेवाट ७९ र माओवादीवाट ५६ जना रहने गरि नाम समेत टुंग्याएका छन् । गण्डकी प्रदेशमा पनि प्रदेशको संख्या वाडफाड टुंगो लागिसकेको छैन । १८७ सदस्यीय वन्ने गण्डकी प्रदेश कमिटि समायोजन कार्यदलका सदस्य हितराज पाण्डेले केन्द्रीय सचिवालयले कार्यदललाई टिओआर थप गरेर पठाएका कारण संख्यामा छलफल टुंग्याईनसकेको वताए ।

कार्यदललाई अहिलेसम्म मुस्ताङ, म्याग्दी र लमजुङ जिल्ला कमिटीले संख्या र नेताहरुको नामको टुंगो लगाएर प्रतिवेदन वुझाएको छ । ‘हाम्रो टिओआर थप भयो, छलफल जिल्ला तहमै फेरि गर्नुपर्ने भएकोले प्रक्रिया टुंगिसकेको छैन,’ पाण्डेले अन्नपूर्णसँग भने ।

प्रदेश ५ मा वन्ने २०३ सदस्यीय कमिटिमा भने पूर्व एमालेलाई १०३ र माओवादीलाई १ सय को संख्यामा भागवन्डा लगाई समायोजनकोे प्रक्रिया चलेको नेकपा स्थायी समिति सदस्य तथा कार्यदल सदस्य मणि थापाले वताए । उनका अनुसार, ५ नम्वर प्रदेशका १२ जिल्ला मध्ये नेतृत्व ७ र ५ को सहमति प्रयास भईरहेको छ । पूर्व माओवादीले रुुकम, रोल्पा र वर्दियाको जिल्ला नेतृत्व गर्ने सहमति वनिसकेको छ ।

नवलपरासी, वाके र अर्घाखाची मध्येवाट थप २ ओटाको नेतृत्व मा पनि छलफल चलिरहेको थापाले वताए । कर्णाली प्रदेशमा १७५ सदस्यीय प्रदेश कमिटिमा माओवादीको तर्फका ८८ र एमाले तर्फका ८७ जना रहने गरि वाडफाड भएको छ । उक्त प्रदशेको कार्यादलले शुक्रवार पार्टी महासचिव विष्णु पौडेललाई आफनो प्रतिवेदन समेत वुझाईसकेको छ । केन्द्रीय सदस्य तथा कार्यदल सदस्य मायाप्रसाद शर्माका अनुसार जिल्लाको प्रतिवेदन वाकी राखेर प्रदेशको केन्द्रीय कार्यालयमा प्रतिवेदन वुझाईएको हो ।

‘जिल्लाको छलफल चलिरहेकै छ, आएपछि वुझाउँछौं,’ उनले भने ।प्रदेश ७ मा १८३ सदस्यीय कमिटि वन्नेछ । यसमा पूर्व एमालेवाट १ सय र माओवादीवाट ८३ जना रहने गरि सहमति भएको केन्द्रीय सदस्य तथा कार्यादल सदस्य कर्णवहादुर थापाले वताए । कुल ९ जिल्ला मध्ये अछाममा पूर्व एमालेलाई ८५, माओवादीलाई ५० , कञ्चनपुरमा पूर्व एमालेलाई ७५ र माओवादीलाई ७० तथा वैतडीमा पूर्व एमालेलाई ६७ र माओवादीलाई ५८ जना को भागवन्डा टुंगिएको छ ।जिल्ला नेतृत्वका विषयमा भने पूर्ववत एमालेले ६, ३ भनेको छ भने माओवादीले ५, ४ वनाएर जान प्रस्ताव गरेको छ ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot