Logo

नायिका पत्नी नाङ्गै हुँदा पनि खुसी रहने पति



काठमाडौँ, २७ साउन । बलिउड फिल्म ‘हेट स्टोरी २’ की नायिका सुरवीन चावलाले आफ्ना पूरानो प्रेमी अक्षय ठक्करसँग इटालीमा विवाह गरेको खुलासा गरेर सबैलाई चकित बनाएकी थिइन् ।

विवाहपछिको अन्तर्वार्तामा आफ्नो करियर, विवाह र पतिको बारेमा खुलेर कुरा गरेकी छिन् । जसमा उनले आफूले चलचित्रमा नग्न भए पनि पतिलाई कुनै आपत्ति नभएको बताएकी छिन् । सुरवीनका अनुसार उनका पति उनको सबै निर्णयको समर्थन गर्छन् ।

‘म चलचित्रको स्क्रीप्ट अनुसार कोस्टारलाई किस गर्छु या नग्न दृश्य दिन्छु, मेरो पति यसबारे केही पनि आपत्ति जनाउँदैनन् । यो हाम्रो समझदारी हो । यदी यसमा मलाई मेरो पतिले साथ दिइरहेका छन् भने विवाह गर्न किन ढिला गर्नु उनको भनाई रहेको थियो।

उनले आफ्नो पति निकै बुझ्ने भएको पनि बताइन् । ‘उनले मेरो हरेक काममा समर्थन गर्छन । यो भन्दा बढी जीवनमा के चाहियो ? उनले भनिन्, ‘यदी प्रोजेक्ट राम्रो भयो भने उनले नै मलाई त्यो गर्न प्रेरित गर्छन् ।’

घरेलु हिंसा र श्रीमान तथा प्रेमिको पिटाई भोगेका बलिउडका १० नायिकाहरु

बच्चालाई पुरानो पेसाको काहानी बताउने योजनामा सनी लिओनी

सुरवीनले अन्तर्वार्तामा विवाहपछि पनि उनको जीवनमा कुनै तात्विक परिवर्तन नआएको बताइन् । ‘मेरो विवाहको कुरा सुनेर मानिसहरु यति आश्चर्यचकित किन छन् ? उनले भनिन्, अब ती दिन गए जब नायिकाहरु आफ्नो करियरमा सफल भएपछि मात्र विवाह गर्थे । कयौँ नायिकाले विवाह पनि सफलता हासिल गरेका छन् ।’

‘विवाह र करियर दुई फरक–फरक कुरा हुन् । यसलाई एक अर्कासँग जोड्न मिल्दै मिल्दैन । मानिसहरूले यो कुरा बुझ्नुपर्छ’, उनको भनाई रहेको थियो । यदी सही व्यक्ति पाए, विवाह गरिहाल्नुपर्ने उनको जिकिर थियो । सुरवीनले आफ्नो सम्बन्धमा निकै उतारचढाव भोगे पनि विवाह गर्ने उनको निर्णय सबैभन्दा सही भएको जनाएकी छन।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot