Logo

कामपाको कामप्रति राजनीतिक दलको चासो बढ्दै



काठमाडौ,२७ साउन । काठमाडौँ महानगरपालिकाका पुनःनिर्माण र आर्थिक गतिवितिलाई लिएर राजनीतिक दलले चासो देखाउन थालेका छन् ।
केही समयअघि साझा पार्टीका तर्फबाट रञ्जु दर्शनाले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई भेटी रानीपोखरीको पुनःनिर्माण छिटो गर्न आग्रह गर्दै यसअघि निर्माण गर्दाको विवरण माग गरेकी थिईन ।

गत शुक्रबार पनि नयाँ शक्ति पार्टी काठमाडौँले कामपाका प्रमुख शाक्यसँग भेटेर आर्थिक वर्ष २०७४ ÷०७५ मा महानगरले स्वीकृत गरेको कार्यक्रम र भएको खर्चको विवरण मागसँगै सार्वजनिक छवि सुधारका लागि गम्भीर हुन आग्रह गरेको थियो ।

समितिका संयोजक मानुषी भट्टराईको नेतृत्वमा आएको टोलीको ज्ञापनपत्र बुझ्दै प्रमुख शाक्यले पछिल्लो समय राजनीतिक दलले महानगरको विाषयमा देखाएको चासो र चिन्ताले आफूहरुलाई विकासको काम गर्न थप ऊर्जा प्राप्त भएको जनाएको थियो ।

प्रमुख शाक्यले २०७२ सालको भूकम्पका कारण क्षति पुगेको ऐतिहासिक संरचना र अन्य विकासको काम आफ्नो मुख्य प्राथमिकतामा परेको जनकारी गराएका थिए। शाक्यले भने, राजनीतिक दलहरुले कामपाको बरेमा राखिएको चासोका कारण स्थानीय तहको हरेक कम पारदर्शी हुने छ ।” रासस



प्रतिक्रिया दिनुहोस्