Logo

वडाध्यक्षलाई २२ लाख घोटलाको आरोप लागेपनि छानबिन भएन !



भोजपुर, २७ साउन । भोजपुरको षडानन्द नगरपालिकाका वडा नं. ८ का अध्यक्ष किशोर किरातलाई २२ लाख घोटला गरेको आरोप लागेको छ । राईले गत आर्थिक वर्ष २०७४-०७५ मा आफ्नो वडामा विद्युत विस्तारका लागि विनियोजन गरिएको ४६ लाख रकम र श्रमदान बाट ८ लाख गरेर ५४ लाखको २२ लाख घोटला गरेको आरोप लागेको हो ।

सम्बन्धित निकायले अहिलेसम्म कुनै चासो समेत देखाएको छैन । स्थानीयहरुको चासोमा रहेको २२ लाख घोटला अहिले गुपचुप अवस्थामा रहेको छ । स्थानीयहरु यो बिषय छिट्टो भन्दा छिट्टो छानविन भएर यदि अध्यक्षले घोटाला गरेको भए आवाश्यक्ताअनुसार कार्वाहि होस भन्ने मागमा रहेकाछन् ।

उक्त रकम रहेको खाता नगरपालिकाले रोक्का गरे पछि वडाध्यक्षले सिफारिस गरि आफै फुकुवा गरेर समितिको नाममा पैसा निकालेका थिए । तर राईलाई यस विषयमा बुभ्mदा म निर्दोष छु, मैले नगरपालिकाले खाता रोक्का गरे पछि त्यो खाता फुकुवा गरेर अर्काे खातामा पैसा जम्मा गरि अहिले पनि काम सञ्चालनमा रहेको छ उनले भने ।

स्थानीयहरुले जेष्ठ १३ गते घोटला काण्डको छानविन गर्न भन्दै नगरपालिका घेराउ समेत गरेका थिए । योजना सम्झौता अनुसार २०७४ असार मसान्तसम्ममा काम सम्पन्न गर्नुपर्ने थियो । उक्त काण्ड पछि धनकुटा बाट अख्तियारको टोलि आएर अनुसन्धान गरि आवाश्यक कागजपत्र लगेर गए पनि अहिलेसम्म कुनैै निर्णय नआएको मेयर बिरवल राईले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot