Logo

१९ बुदे घोषणा पत्र जारी गर्दै युवा सम्मेलन सम्पन्न



काठमाडौं, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारि युवा गैर सरकारी संस्था महासंघ नेपालले दुईदिने राष्ट्रिय युवा नेतृत्व सम्मेलन सम्पन्न गरेको छ ।

संघीय राजधनीको सिनामंगल स्थित एभियसन म्युजियममा उद्घाटन गरिएको दुईदिने राष्ट्रिय यूवासम्मेलनको समापन राष्ट्रिय सभा गृहमा गरिएको थियो ।

साउन २६ र २७ गते दुई दिनसम्म सञ्चालन भएको उक्त यूवा सम्मेलनले पारित गरेको ‘युवा घोषणा पत्र २०७५’ युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मालाई हस्तान्तरण गरेको महासंघका केन्द्रीय अध्यक्ष नारायण गिरीले जानकारी दिएका छन् ।

उनले भने,‘साउन २६ गते उक्त सम्मेलनको उद्घाटन युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले गर्नु भएको थियो, घोषणा पत्र ग्रहण तथा सम्मेलन समापन कार्यक्रममामा यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले गर्नुभयो ।’

मन्त्री विश्वकर्माले विगतमा युवा मुद्धा ओझेलमा परे पनि अहिले युवा परिषद् गठन भए पछि विस्तारै युवा मैत्री बजेट निर्माण र रोजगारी श्रृजनामा सिंगो देशनै लागेको बताए ।

मन्त्री विश्वकर्माले १९ बुदे ‘युवा घोषणा पत्र २०७५’ मा समावेश गरिएका विषयवस्तु मन्त्रालयले गहन अध्यन गरी कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।

सम्मेलनका सभापति तथा महासंघका अध्यक्ष नारायण गिरीले ठुला सपना देख्ने र देखाउने नेतृत्वले देश बिग्रीएको बताए । उनले भने,‘समृद्धिको लागि आफ्नो घर परिवार र गाउ समाजमा असल संस्कार निर्माण गरेको खण्डमा मात्रै पनि अबको आउने युवा पिढी असल हुने र त्यस्तो पुस्ताले देश बनाउने जिकिर गरेका छन् ।

उनले अघि थपे,‘युवाहरुलाई सबै वर्गले उपयोग मात्र गरीरहेका छन् अब निर्णायक पहुँचमा युवा नपुगेसम्म राज्यको शिक्षा,स्वास्थ्य र रोजगारी क्षेत्र युवा मैत्री हुनपर्छ हामीले बुझाएको घोषणा पत्रलाई गम्भिर रुपले लिन मन्त्री ज्युलाई आग्रह गर्दछु ।

कार्यक्रममा युवा नेता अनिल किशोर घिमिरे, संस्कार नेपालकी अध्यक्ष पशुपति गुरुङ, क्यान्सर सोसाईटीका अध्यक्ष राम नाथ मैनाली, दुव्र्यसनीको उपचार तथा रोकथामा क्रियाशिल संस्था उद्धार नेपालका कार्यक्रम संयोजक लोक प्रसाद गौतम, अगाडी आईपासका रामचन्द्र खनाल, उद्धार नेपालका लोक गौतम, ओपीयुका हार्डम घिमिरे, ओनइयर मिडीयाका भागिरथ पोखरेल, अपांग कोषका सदस्य सचिव यमनाथ मैनाली, उद्धार नेपालका राजेन्द्र पुतुवारले विभिन्न विषयमा प्रस्तुती राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य यूवा गैर सरकारी संस्था महासंघका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव संदिप राईले गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्