Logo

शैक्षिक गुणस्तर अभिवृद्धिको लागि सहकार्य



पर्वत २८ साउन । पर्वतको कुस्मा र फलेवास नगरपालिकामा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिको लागि काठमाडाँै विश्व विद्यालयसँग सहकार्य गरीने भएको छ ।कुस्मा र फलेवास नगरपालिकाले नगरभित्र शैक्षिक कार्ययोजना निर्माण तथा गुणस्तर सुधारका लागि काठमाडौँ विश्वविद्यालयसँंग सहकार्य गर्ने निष्कर्ष निकालेका हुन् ।

कुस्मा नगरपालिका र फलेवास नगर कार्यपालिकाको आयोजना र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा गरिएका छुट्टाछुट्टै कार्यक्रममा दुवै नगरपालिकाभित्रको शैक्षिक क्षेत्रको अवस्था, आवश्यकता तथा विद्यालयको गुणस्तर वृद्धिका लागि काठमाडौँ विश्वविद्यालयसँंग सहकार्यको आवश्यकता औँल्याएका छन् । दुवै नगरपालिकाले छिट्टै समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले नगरपालिकाले बजेटको ठूलो हिस्सा शिक्षाका क्षेत्रमा विनियोजन गर्दैै आएको र गुणस्तर अभिवृिद्धका लागि हरेक क्षेत्रमा सहकार्य गर्ने गरी काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्ने तयारी भएको बताएका छन । कुस्मा नगरपालिकाका सामाजिक समितिका संयोजक तथा वडा नं ११ का अध्यक्ष शिवप्रसाद पौडेलले पनि नगरको शैक्षिक अवस्था सुधारका लागि केयुसँग सहकार्य गर्ने तयारी भएको जानकारी गराए ।

शैक्षिक सुधारको लागि शिक्षक, अभिभावक, समुदाय र शैक्षिक सङ्घ संस्थाबीच आपसी, सहकार्य समन्वय, र साझेदारीको आवश्यकता रहेको काठमाडौँ विश्वविद्यालय स्कूल अफ साइन्सका सहायक डिन प्रा डा बालनन्द लुइँटेलले बताएका छन।

काठमार्डाँ विश्वविद्यालयका प्रा डा लक्ष्मण ज्ञावलीले एउटा विद्यालय सुधारका लागि सबैभन्दा बढी भूमिका प्रधानाध्यापकको हुने भएकाले प्रअको भूमिका प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिए । उनले शैक्षिक नीति निर्माण तथा कार्यान्वयनमा पनि विद्यार्थी तथा समुदायको सहभागिताबाट मात्रै लक्ष्य प्राप्त गर्न सहज हुने जनाएका छन ।

यस्तै अर्का सहायक प्रा डा धनपति सुवेदीले शैक्षिक सुधारको लागि समुदायलाई शैक्षिक क्षेत्रमा जोड्नु पर्ने विचार व्यक्त गरे। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot