पाल्पा, २८ साउन । तानसेनको बडीज्ञानटोलमा जीपको ठक्करबाट घाइते बनेकी तानसेन–६ बर्तुङ्की ४८ वर्षीया कमला पाण्डेयको मृत्यु भएको छ ।
युनाइटेड मिसन अस्पताल तानसेनमा उपचाररत पाण्डेको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन । बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महिनाका निसान बस्यालको आइतबार नै मृत्यु भएको अस्पतालले जनाएको थियो ।
तानसेनको हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च ६७४८ नम्बरको जीपले आइतबार ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट पाँच जना घाइते बनेका थिए । पाँचमध्ये दुईको मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।रासस