Logo

ब्याङ्कंकको होटलको जागिरदेखि बलिउडका खेलाडी सम्म



काठमाडौँ,२८ साउन । बलिउड अभिनेता अक्षयकुमार यतिबेला आफ्नो आउदै गरेकोे फिल्म ‘गोल्ड’को प्रचारप्रसारमा व्यस्त रहेका छन्।

ब्याङ्कंकको होटलमा कुकको जागिर खादैगर्दा बलिउड आइपुगेका अक्षयका लागि सोचेजस्तो सफल्ता पाउन सजिलो कहाँ थियो र ? संघर्षगर्नकै लागि उनले कयौै पटकसम्म बलिउडबाट अस्वीकृत हुनुपरेको खुलासा अक्षयले भारतको मिडडे दैनिकलाई दिएको अन्तरवार्तामा जानकारी गराएका हुन ।

कुरा ९० को दशक तिरको हो। उनले आमिर खानको ‘जो जीता वही सिकन्दर’ फिल्ममा सहयोगी भुमिकामा खेल्नको लागि अडिसन दिदा फिल्म निर्माण पक्षले उनलाई मन नपराएका कारण उनी फिल्ममा छानिन बाट अस्वीकृत भएका थिए जुन भुमिकामा पछि दीपक तिजोरीले खेलेका थिए ।सो फिल्म सन् १९९२ मा प्रर्दशनिमा आएको थियो ।
निर्देशक मन्सुर खानले उनी त्यो भुमिकालागि योग्य नभएको भन्दै अस्वीकार गरिदिएका थिए। बलिउड फिल्मी उद्योगमा ‘खिलाडी’ नामक फिल्मबाट आफ्नो परिचय स्थापित गर्न सफल रहेका अक्षयले पहिलो फिल्म ‘सौगन्ध’बाट बलिउडमा प्रवेश गरेका थिए।

खेलाडी फिल्मको सफलताले उनलाई बलिउडमा चिनाउने काम गर्यो। ततस्पश्वात उनले खेलाडी नाम भएका थुप्रै फिल्ममा काम गरेर बलिउडमा खिलाडी अभिनेताको उपाधि कमाउन सफल रहेका छन। जसकारण आज पनि उनलाई बलिउडका खिलाडी अभिनेता भनेर पनि चिन्ने गरिन्छ ।

त्यतिमात्र कहाँ हो र, आमिरको सो फिल्म बाहेक अर्का अभिनेता अजय देवगनको डेब्यू फिल्म ‘फूल और कांटे’बाट पनि उनि निकालिएका थिए। उनलाई त्यतिबेला मध्यरातमा फोन गरेर उनको सट्टा फिल्म अरू कोहीलाई लिइएकोले फिल्म सुटिङमा नआउन भनेर भनिएको थियो। पहिले उनलाई त्यस फिल्मको मुख्य भूमिकामा खेल्नकोलागि भनेर छनौट गरिएको थियो ।

सधै समय एउटै रहदैन भनेझै सधर्ष जारी राखेका उनले सन् १९९४ बाट बलिउडमा आफ्नो पहिचान स्थापित गर्न सफल भएका थिए । त्यहि बर्ष उनले १२ वटा फिल्म प्रर्दशनमा ल्याउन सफर भएका थिए । जसमा ‘मोहरा’, ‘मै खिलाडी तु अनाडी’, ‘सुहाग’, ‘ऐलान’, ‘ये दिल्लगी’, ‘जय किशन’, ‘जख्मी दिल’, ‘जालिम’, ‘हम है बेमिसाल’जस्ता फिल्मले राम्रो ब्यापार गर्न सफल भएका थिए।

सन् १९९१ देखी २००० को बीचमा ४२ फिल्ममा काम गरेका उनका १२ जति फिल्मले राम्रो छाप छोड्न सफल भएका थिए । हाल उनि धेरै नाफा कमाउने र भारत सरकारलाई कर बढि बुझाउने अभिनेताको सूचिमा रहेका छन। पछिल्ला वर्षहरुमा उनले आफूलाई विषयप्रधान फिल्ममा प्रस्तुत गरेर सफल फिल्महरु ल्याउन सफल भइरहेका छन्। उनको बहुप्रतिक्षित फिल्म ‘गोल्ड’ १५ अगस्टबाट प्रर्दषनिमा आउने जानकारी दिएका छन ।एजेन्सि



प्रतिक्रिया दिनुहोस्

Screenshot