Logo

मन्त्री अधिकारीद्वारा कार्यप्रगतिबारे सदनलाई जानकारी



काठमाडौं, २८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो मन्त्रालयबाट भएका काम बारे संघीय संसदलाई जानकारी गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा समय मागेर बोल्दै उनले मन्त्रालय मातहतका कार्यप्रगति बारे सदनलाई जानकारी गराएका हुन्।

मन्त्री अधिकारीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण, निजगढ, भैहरवा, गौतमवुद्ध तथा पोखरास्थित विमानस्थल निर्माणको प्रगति, सम्पदा पुर्न्निर्माण लगायत बारे सदनलाई जानकारी गराएका हुन्।

उनले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण गरी २४ सै घण्टा संचालनमा आउने प्रबन्ध मिलाउन लागेको जानकारी गराए। उनले बर्षादपछि गौतम वुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावन मार्ग निर्माण सुरु गरिने र सो सम्पन्न भए लगत्तै सन् २०१९ को फेबु्रअरीको दोश्रो हप्ता देखि दैनिक ८ घण्टा उडान अवतरण वन्द गरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सुरु गरिने बताए। २०१९ जुनसम्म धावनमार्ग निर्माणको काम सम्पन्न गर्ने योजना मन्त्रालयले अघि सारेको उनले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot