Logo

निगममा रणनीतिक साझेदार भित्र्याउन पर्यटन मन्त्री अघिकारीको प्रस्ताव



काठमाडौं, २८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अघिकारीले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउन प्रस्ताव गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले वायु सेवा निगममा रणनीतिक साझेदार भित्र्याउन आवश्यक भएको बताए । नयाँ विमान खरिदका क्रममा वारेन्टी नभएको भनेर गलत प्रचार भएको भन्दै उनले कुनै कमजोरी भएको भए दोषीलाई कारबाही गर्ने बताए ।

विमान खरिदका क्रममा वारेन्टी, वेटलगायतका विषयमा नागरिक उड्डयन प्राधिकरणको टोलीलाई हेर्न लगाएको र गल्ती भए सरकार र सदनले पनि नछाड्ने उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot