काठमाडौं २९ साउन । कर लाग्ने बस्तुको सूचीमा अब खसीबोका र राँगाभैंसीसमेत थपिएका छन् । स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् । गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासी कर लिन थालेको छ ।
दूध नदिने र बूढा भइसकेका भैंसी संकलन गरी बिक्री गर्ने कारबारमा लागेकाले स्थानीयले पनि गाउँपालिकाहरुले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका छन् ।
‘हामीबाट खरिद गर्ने व्यवसायीले कर तिर्दैनन् तर हामीले तिर्नु परेको छ,’ बैतडी, सिद्धपुरका गणेश धामीले भने, ‘स्थानीय सरकारको करको मारमा आखिरमा किसान नै पर्ने गरेका छन् ।’ –कान्तिपुर दैनिबाट