Logo

दलित समुदायलाई पञ्चेबाजा प्रदान



स्याङ्जा, २९ साउन । स्याङ्जाको भीरकोट नगरपालिका–९ वडाले दलित समुदायलाई पञ्चेबाजा सहयोग गरेको छ । लोप हुने अवस्थामा रहेका कारण त्यसको संरक्षण गर्ने उद्देश्यले दलित समुदायलाई रु एक लाख पचास हजार बराबरको पञ्चेबाजा सहयोग गरिएको वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो । “दलित समुदायले माग गरेपछि सहयोग गरेका हौँं” उहाँले भन्नुभयो ।

बाजा बजाउने पेशा अँगाल्दै आएको सो वडाको दलित समुदाय पेशाबाट विस्थापित हुँदै गएको अवस्थामा संरक्षण गर्न दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल र नरसिंहा प्रदान गरिएको हो । विगतदेखि नै विवाह तथा अन्य चाडपर्वमा भीरकोट–९ को दलित समुदायले पञ्चेबाजा बजाउँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्