Logo

लगानीका लागि जापानी उद्योगीलाई आग्रह



काठमाडौँ, २८ साउन । नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपालको समृद्धिका लागि नेपाली र जापानी उद्योगीहरूबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू क्रियाशील रहेको बताएका छन।

नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज भएको भेटमा उनले दुई देशका उद्यमी व्यवसायीबीच सुदृढ सम्बन्ध कायम गर्न सहजकर्ताको भूमिका निर्वाहमा आफू सधैँ लागिरहने बताउँदै जापानी लगानी नेपालमा ल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

राजदूत साइगोले नेपालको सामाजिक–आर्थिक विकासमा थप सहायता जुटाउन पनि आफू सक्रिय रहने उल्लेख गर्दै जापान–नेपाल सम्बन्धलाई अझ प्रगाढ तुल्याउने आफ्नो प्राथमिकता व्यक्त गरेका छन।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले लगानीको उपयुक्त वातावरण सिर्जना भएकाले नेपालमा लगानी गर्न जापानी उद्योगीलाई आग्रह गर्दै नेपालमा सञ्चालित बहुर्राष्ट्रिय कम्पनीले आफ्नो लगानीको राम्रो प्रतिफल प्राप्त गरिरहेकाले ढुक्क भएर लगानी गर्न सकिने वातावरण रहेको जानकारी गराएका छन । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot