काठमाडौं, २९ साउन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान दिएको बताएका छन् ।
मित्र राष्ट्र भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महराले यस्तो बताएका हुन् ।
उनले भारतको समृद्धिबाट सिकेर नेपालले अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे । महराले दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउन लाग्नुपर्नेमा पनि जोड दिए । सभामुख महराले नेपाल र भारतीय जनताबीचको सम्बन्धलाई अझै आत्मीय बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।