Logo

चन्द्रकोट गापामा पहिलो पटक सि.वि.आर.सि. गठन ।



कौरव खत्री-गुल्मी २९ साउन । गुल्मीमा रहेको विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजनाले चन्द्रकोट गाँउपालिकामा पहिलो पटक समुदायमा आधारित पुनःस्र्थापना समिति अर्थात (सि.वि.आर.सि.)को गठन गरेको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धि ऐन २०७४को दफा ४२ बमोजिम जिल्लाका प्रत्येक गाँउपालिका र नगरपालिकामा अपाङ्गता समन्वय समति गठनको अवधारणा अनुसार चन्द्रकोट गाँउपालिकाबाट जिल्लामा पहिलो पटक थालनी गरिएको बहु सिपयुक्क्त अपाङ्गता पुनस्र्थापना सहायक होमराज केसीले जानकारी गराएका छन ।सो अवशरमा उपमेयर राधिका अर्यालको संयोजकत्वमा ९ सदस्यिय टोलीको समुदायमा आधारित अपाङ्गता व्यवस्थापन समितिको गठन पनि गरिएको छ ।

समितिको सदस्यहरुमा श्रोतव्यक्ति कृष्ण कुमार गैरे,स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी ढकनारायण थापा,चक्क्रेश्वर अपाङ सघं शान्तिपुरका अध्यक्ष अनिल कुमारसावत,गाँउपालिकाको महिला तथा बालवालिका कार्यालयका कर्मचारी मञ्जु सुवेदी घिमिरे रहेका छन भने अन्य तिन जनालाई समन्वय समितिको बैठक बसी मनोनित गर्ने समेत केसीले जानकारी गराएका छन ।

सक्षम परियोजनाले गत २०७४ बैशाख १२ गतेदेखि गुल्मी जिल्लामा शारीरिक अपाङ्गता भएका बालवालिकाहरुको क्षेत्रमा काम गदै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot