Logo

गुल्मीका गाँउ गाँउमा शाखा रहित ग्लोवल बैंक ।



कौरव खत्री- गुल्मी २९ साउन । गुल्मीमा रहेकोे ग्लोवल आइएमई बैंकले जिल्लाका विभिन्न स्थानबाट शाखा रहित बैँकिङ सेवाको शुरुवात गरेको छ । बैँकले यो सेवा सुरुवात गरेसँगै जनताहरुलाई आर्थिक कारोवारमा थप सहजता भएको छ ।

मुसिकोट नगरपालिकाको वडा नं. ७ वामीटक्सार बजारमा रहेको ग्लोवल आइएमइ बैंक लि. शाखाले नगरपालिकाको वडा नं. ३ को बडागाँउको ठूल्पोखरा,वडा नं. ५ को आँपचौर र वडा नम्वर ६ को भुवाचिदी र वडा नं. ९ को अर्लाङकोट गरि ४ वटा स्थानबाट शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको छ ।

सेवा सुचारु गरेसंगै यस क्षेत्रका आम सर्वसाधरण जनताहरुलाई आफ्नो घर नजिकैबाट आर्थिक कारोवारमा थप सहजता भएको ग्लोवल आइएमइ बैंक वामीटक्सारका शाखा प्रबन्धक माधव उपाध्यायले जानकारी गराएका छन ।

उक्क्त शाखा रहित बंैकिङ्ग सेवाबाट बैङको खाता खोल्न, रकम बचत गर्ने तथा झिक्न रकमको जानकारी लिन र अन्य शाखाहरुमा रकम पठाउन विदेशबाट आएको रकम निकाल्न र मोबाइल रिचार्ज गर्न सकिने व्यवस्था रहेको शाखा प्रबन्धक उपाध्यायले बताए ।

उक्क्त शाखा रहित बैकिङ सेवाबाट दैनिक रुपमा ग्लोवल आइएमइ बैंक शाखा सरह नै सेवा उपलव्ध हुने र एक दिनमा बिस÷बिस हजारका दरले ५० हजार रुपैयाँ सम्म रकम निकाल्न सकिने तथा ४० हजारका दरले एक लाख रुपैया सम्म जम्मा गर्न सकिने प्रवन्धक उपाध्याय बताउन्छन ।

जिल्लाका विभिन्न स्थानहरुमा हालसम्म १४ वटा शाखा रहित बैकिङ सेवा सञ्चालन गरिरहेको बैँकले नेपालका सबै जिल्लाहरुमा गरेर हालसम्म १ सय वटा शाखा रहित बैकिङ सेवा सञ्चालन गरिरहेको छ । त्यसमध्ये गुल्मी जिल्ला सबैभन्दा बढी शाखा रहित बैकिङ सेवा विस्तार गर्नेमा अगाडी रहेको पनि प्रवन्धक उपाध्यायले बताएका छन ।

शाखा रहित बैकिङ सेवा सुचारु भएपछि विशेषगरिे वृद्ध वृद्धाहरुलाई आफ्नो घर नजिकै पायक पर्ने स्थानबाट सामाजिक सुरक्षा अन्र्तगतको वृद्धा भत्ता वितरण लगायतका बैकिङ सेवाले स्थानीय नागरिकहरुलाई थप सहजता प्रदान गरेको छ । स्थानीय नागरिकहरुको आवश्यकता र माग अनुसार शाखा रहित बैकिङ सेवा अझ विस्तार गर्न सकिने प्रवन्धक उपाध्यायले जानकारी गराएका छन ।



प्रतिक्रिया दिनुहोस्