Logo

कर्णालीको प्राथमिकतामा जोड दिन आग्रह



सुर्खेत २९ साउन । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले गैरसरकारी संस्थालाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गरेका छन ।

आज सुर्खेतको वीरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेशमा काम गर्ने गैससलाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गरेका हुन ।

कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेशमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्नुपर्ने बताएका छन।

कर्णालीको विकासमा सरकार र नागरिक सङ्गठनको साझेदारी आवश्यक भएको बताउँदै मन्त्री रावलले कर्णाली प्रदेश सरकार सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको जनाए।

मन्त्री रावलले कर्णाली प्रदेश सरकार नागरिक तथा मानवाधिकारमैत्री कानून बनाउन लागेको जानकारी दिएका छन । सङ्घीय कानूनलाई आधार मानेर कर्णाली प्रदेशको कानून बनाउन लागेको बताउँदै मन्त्री रावलले सरकारलाई रचनात्मक सल्लाह र सुझाव दिन सबै पक्षलाई आग्रह गरे।

उनले सामाजिक न्यायसहितको समृद्धि कर्णाली प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्