Logo

‘नेपाल समृद्धितर्फ अघि बढ्दा भारतीय सहयोगको आवश्यकत्ता छ’



काठमाडौं, २९ साउन ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले नेपाल समृद्धितर्फ अघि बढ्दा भारतीय सहयोगको आवश्यकत्ता रहेको बताएका छन् ।

भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘दुवै देशका नेतृत्वले हाम्रा राम्रा कुराहरुलाई अघि बढाउनुहुनेछ । हामी समृद्धितर्फ अघि बढ्दा भारतीय सहयोगको आवश्यकत्ता छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले पछिल्लो समय केही सकारात्मक कदमहरु प्नि अघि बढेको सुनाउँदै थपे,‘विराटनगरमा रहेको भारतीय फिल्ड अपिस हटेको छ । हाम्रो द्धिपक्षीय व्यापार दुई तिहाईभन्दा बढि छ । झण्डै ७० प्रतिशत व्यापार भारतसँग छ । भारतसँग रहेको व्यापार घाटा छिटोभन्दा छिटो घटाउनुपर्छ ।’

अरुण तेस्रोको शिल्यान्यासले उर्जाबारे नयाँ ढोका खोलिदिएको पनि उनले बताए । उनले भने,‘अब द्धिपक्षीय सम्बन्ध नयँ युगमा प्रवेश भएको छ । दुवै मुलुकको विन–विन अवस्था छ ।’

दुवै देशले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर आपसी हित, पारस्परिक लाभ हाँसिल गर्दै द्धिपक्षीय सम्बन्ध अघि बढाउनुपर्ने उनको भनाई छ । उनले भने,‘अब हामी आगामी २० देखि ३० वर्षको योजना बनाएर अघि बढ्नुपर्छ । एक–अर्काप्रति सहयोगी बनेर अघि बढ्नुपर्छ।’ कृषि, पर्यटन लगायत नयाँ नयाँ क्षेत्र पहिल्याउँदै अघि बढ्नुपर्ने उनको भनाई छ ।

आफू सम्मिलित प्रवुद्ध व्यक्ति समूह (ईपिजी) ले संयुक्त प्रतिवेदनलाई पूर्णता दिएको बताउँदै उनले भने,‘हामीले बडो जिम्मेवारीपूर्ण ढंगले नेपाल–भारत सम्बन्धका आयामहरुलाई समेटेर प्रतिवेदन तयार पारेका छौं । दुवै देशको सरकारको अनुमति रह्यो भने हामी यो प्रतिवेदनलाई सार्वजनिक गर्छौं ।’ संयुक्त प्रतिवेदनलाई जनस्तरमा ल्याउनुपर्ने उनले आवश्यकत्ता औंल्याए ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले दुवै देशका प्रधानमन्त्री नरेन्द्र मोदी र केपी शर्मा ओलीले एक अर्को देशको भ्रमण गरेकोले नेपाल–भारत सम्बन्ध नयाँ आयाममा पुगेको बताएका छन् । उनले भने,‘अब द्धिपक्षीय सम्बन्ध आर्थिक रुपमा अघि बढाउनुपर्छ । परिस्कृत सन्दर्भमा नेपाल–भारत द्धिपक्षीय सम्बन्धपनि नयाँ ढंगले अघि बढाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्