Logo

संघीयता कमजोर भए मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी



काठमाडौं, २९ साउन । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीयतालाई बलियो बनाएर लैजानुको विकल्प नरहेको बताएका छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उनले संघीयता कम्जोर भए मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिए। यादवले संघीयतालाई समाप्त पार्न अझै षडयन्त्र भइरहेको दावी गर्दै सचेत रहन आग्रह गरे।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपालका संघीयता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयताले मात्रै मुलुकका सबै समूदायलाई अधिकारलाई सुनिश्चि गर्ने पनि स्मरण गराए।

उपप्रधानमन्त्री यादवले सबै समूदायको पहिचानलाई स्थापित हुनेगरी संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्