Logo

गरिबको ढाड भाँच्ने कर



काठमाडौं ३० साउन । जिताएर पठाएका जनप्रतिनिधिबाट जनताले सुविधा चाहेका थिए । सेवा दैलामै आउला भन्ने आशा गरेका थिए । तर, पचास गुनासम्म कर बढाएपछि भेरी नगरका जनता आक्रोशित छन् । भेरी नगरपालिका–२ रिसाङ्गकी डिला पुनले घरजग्गाको मालपोत प्रतिवर्ष १६ रुपैयाँ बुझाउँथिन् । तर नगरपालिकाले गत वर्षदेखि लगाएको एकीकृत सम्पत्ति करबापत उनले एकैपटक १९ हजार बुझाउनु पर्‍यो ।

एकाएक भएको करवृद्धिबाट उनी दिक्क छिन् । ‘आम्दानी खासै नहुने १७ रोपनी बारी र चारकोठे घर मात्रै छ,’ पुनले भनिन्, ‘स्थानीय सरकार बनेपछि सेवासुविधामा परिवर्तन छैन, अस्पतालमा सिटामोल नि पाइँदैन । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । तर हामीजस्ता गरिबको ढाड सेक्ने गरी कर उठाइएको छ । हामीलाई बिल्कुल चित्त बुझेको छैन ।’

भेरी–३ थाप्लेका कृष्णविक्रम शाहले घरजग्गाको कर हरेक वर्ष नौ सय ११ रुपैयाँ बुझाउँथे । अहिले एकीकृत सम्पत्ति करबापत उनले ४० हजार रुपैयाँ तिरे । उनको ६५ रोपनी खेत तथा पाखोबारी र सदरमुकाममा दुई घर छन् । ‘त्यो जमिन र घरबाट खासै आम्दानी छैन’, शाहले भने, ‘तर स्थानीय सरकारको चर्को कर तिर्न म बाध्य छु । एकैपटक पचासौं गुणा बढेको छ ।’अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot