Logo

लक्ष्य पछ्याउदै गरेकी सिर्जनाको एक चर्चा



मोहन तामाङः संखुवासभा, ३० साउन । संखुवासभाका छोरी सिर्जना राईले १५ किलोमिटरको दुरी ४९ मिनेटमा पार गरेका छन् । सभापोखरी २ धुपू हरेलो निवासी बुवा डम्बर बाहादुर राई र आमा अनिता राईको कोख बाट जन्मेकी सिर्जना राईले १२ बर्षको उमेर देखिनै कुद्न थालेकी थिइन ।

सुरुमा कुद्ने पनि गेम हुन्छ भन्ने थाहा नभएकी राइ अहिले २० बर्षको उमेरमा २ पटक राष्ट्रिया खेलमा पहिलो र विभिन्न खेलमा पहिलो भइ आफुलाई रनर भनेर चिनाई सकेकी छन् ।

उनी ६९ सालमा जिल्लामा भएको जिल्ला खेलकुदले आयोजना गरेको विद्यालय स्तरको खेलमा पहिलो पटक सहभागी भएका थिए । उनी उक्त खेलमा प्रथम भए त्यही देखि खेललाई निरन्तरता दिदै आएकी राई अहिले धेरै खेल खेलिसकेका छन ।

२०७४ सालमा भएको दमक रनमा उनी सहभागी भएका थिए । यस खेलमा उनले १५ किलोमिटर दुरी ४९ मिनेटमा पार गर्दै पहिलो भएका थिए । जसमा ४ हजार सहभागी थिए । उनी भन्दा पछि आउने खेलाडी ४ देखि ५ मिनेटपछि मात्रै आइपुगेका थिए ।

उनी भन्छन् मेहनत गरेपछि मेहनतको फल अवस्य पनि पाईन्छ । कुद्दा खेरी गाह्रो भए पनि पार गरीसके पछि भने सारा थकाई हाराउँछ । राईले आफुले जितेको बेलाको खुसी आफु सँगनै सेयर गर्ने गरेकी छ ।

घरबाट खेल नखेल भनेर उनलाई बुवाआमाले भने पनि आफ्नो इच्छा खेलमा भएकोले निरन्तर खेलिरहन्छु र अन्तर्राष्ट्रिय खेल खेल्ने लक्ष्य लिएकी छु । उनी खेलमा मात्रै नभएर उनि एक डान्सर पनि हुन् रनिङलाई बडी मेहनत गर्नू परेकोले नृत्यालाई त्यति धेरै समय दिन नसकेको उनि बताउँछन ।

उनले एकै बर्षमा ३ खेल खेलेकि छन् जस्मा तेह्रथुम मा भएको १० किलोमिटर दुरीको खेलमा उनि प्रथम भएका थिए । धरानमा भएको ८ किमि धरान रनमा पनि उनि २९ मिनेटमा दुरी पार गर्दै प्रथम भएकी थिईन । दमकमा भएको १५ किमि दमक रनमा ४९ मिनेनमा दुरी पार गर्दै पहिलो भएको हो ।

त्यस पछि उर्लाबारीमा भएको सामुदायिक बिकास मञ्चले गरेको उर्लाबारी रनमा उनि ३४ मिनेटमा ७.२ किलोमिटर दुरी पार गर्दै उनि पहिलो भएकी हुन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot