Logo

‘त्रिवि शिक्षण अस्पतालको निर्देशक वरिष्ठताका आधारमा नियुक्त गर्नुपर्छ’



काठमाडौं, ३० साउन । डाक्टर गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक वरिष्ठताका आधारमा नियुक्त गर्न माग गरेका छन् ।

प्रा. डा. केसीले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘कनिष्ठ तथा पार्टी कार्यकर्तालाई पदाधिकारी नियुक्त गर्ने काम भयो भने हामीलाई स्वीकार्य हुने छैन ।’

दलीय वफादारी र भागवण्डाका आधारमा नियुक्ति गर्ने चलखेल भइरहेको भन्दै उनले आपत्ति जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्