Logo

बस दुर्घटनामा ४० घाइते



नुवाकोट, ३० साउन । जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।

बा २ ख २८०४ नंको बसले मिनीट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भाँसिएर ४० मिटर तल खस्दा बसमा सवार ४० घाइते भएका नुवाकोटका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिएका छन। आज भएको दुर्घटनामा गम्भीर घाइते सातलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्