काठमाडौं, ३१ साउन । प्रायः दैजिकजसो म्यूजिक भिडियोमा देखिरहने अनुहार हुन् पुष्पल खड्का । अझै पनि डेब्यु फिल्म भएपनि भेट्रोन निर्देशक तुलसी घिमिरेको दर्पण छायाँ २ बाट उनले लिड रोलमा ब्रेक पाएका थिए । दुर्भाग्य दुवै फिल्मले बक्सअफिसमा पानी भन्न पाएनन् ।
तेस्रो फिल्म हातमा पर्ला कि नपर्ला भन्ने सोचमग्न रहँदै गर्दा उनलाई बाघ निर्माता भनिने छविराज ओझाले फिल्म मंगलम् अफर गरे । अभिनेत्री शिल्पा पोखरेल अपोजिटमा र नवल नेपाल निर्देशन गर्ने फिल्ममा उनी ज्वाइन भए ।
फिल्ममा उनले प्यारालाइसिस युवकको भूमिका निर्वाहा गरेका थिए । यो फिल्म उनको करिअरका लागि सञ्जिवनी बुटी बन्यो । मंगलम् पश्चात् उनको नाम स्टार अभिनेताको दौडको लिस्टमा राखिएको छ । यो फिल्मपछि अहिले उनको हातमा भटाभट फिल्म पर्न थालेका छन् ।
अभिनेता प्रदीप खड्काले वास्ता नगरेपछि मह जोडीको नयाँ फिल्म दाल भात तरकारी मा उनी लिड रोलमा अनुबन्ध भएका छन् । यस्तै, उनले अझै पनि निर्मात्री पूनम गौतमको नयाँ फिल्ममा पनि काम गर्ने पक्का भएको छ ।
केही समय अगाडि पुष्पलले भेट्रोन ब्यानरको छक्का पञ्जा ३ छाडेका थिए । गेस्ट रोलमा रहेका उनले आफ्नो भागको पूरा स्क्रिप्ट पढ्न नपाएको भन्दै हातबाट फिल्म उम्काएका थिए । रोचक कुरा त उनले दाल भात तरकारी को पनि पूरा स्क्रिप्ट अझै पढ्न पाएका छैनन् ।
पुष्पललाई हरिवंश आचार्यले वान लाइन स्टोरी मात्र सुनाएका छन् । छक्का पञ्जा ३ को पनि दीपकराज गिरी र दीपाश्री निरौलाले वान लाइन स्टोरी सुनाएपछि उनले फिल्म साइन गरेका थिए । रोल सानो भएपनि सम्झनलायक रहेको भन्दै उनी मख्ख परेर फिल्मको मुहूर्त समारोहमा पनि पुगेको समाचार फिल्म खबरमा छ ।
स्क्रिप्ट नपाएका कारण फिल्म छाडेको बताउने पुष्पल दाल भात तरकारीमा लिड रोलमा छन् तर पूरा स्क्रिप्ट पढ्न पाएका छैनन् । कतै छक्का पञ्जा ३ कै ताल त हुने होइन रु बुधवार फिल्मको घोषणा सभामा पत्रकारले उनलाई पूरा स्क्रिप्ट पढ्नुभयो ? भन्दै प्रश्न गरे ।
उनले भने, वान लाइन स्टोरी सुनेको छु । हरिवंश दाईले जङ्गी क्यारेक्टर छ त्यसमा पर्फमेन्स नै गर्नुपर्छ भन्नुभएको छ । उहाँको सल्लाह र उहाँप्रतिको विश्वास नै मेरो स्क्रिप्ट हो । उनले छक्का पञ्जा ३ छाड्दा आफू रसमा रहेको बताए । लिड रोल रहेका कारण पूरा स्क्रिप्ट नै नपढी दाल भात तरकारी गर्न तयार भएको पुष्पलको भनाई छ ।
उनले थपे,छक्का पञ्जा ३ मा गेस्ट रोल थियो । दाल भात तरकारी मा मेरो क्यारेक्टर थ्रु आउट छ । यसमा मैले अझ पर्फमेन्स देखाउन पाउँछु । त्यसमा मलाई कन्फिडेन्ट छ । हरिवंशले पुष्पललाई स्क्रिप्टमा चित्त बुझाउने विश्वास दिलाए ।
गेस्ट रोलका लागि स्क्रिप्ट नपाएर फिल्म छाडेका पुष्पलले लिड रोल रहने फिल्म चाहिँ पूरा स्क्रिप्ट नै नपढी सम्झौता पत्रमा ल्याप्चे लगाउनु छैन त अचम्म । आशा गरौं, भोली स्क्रिप्ट चित्त नबुझेको भन्दै उनले यो फिल्म पनि छाडेको खबर नआओस् ।