काठमाडौं, ३१ साउन ।
गजल
खुड्किला उक्लनु छ कोशिस थपिदिनु
मेरा दुस्मनलाई मप्रति रिस थपिदिनु ।
मार बरु घिटिघिटी बनाएको जिन्दगी
याद पठाउँदा अलिकति बिष थपिदिनु ।
लासबाटै गुजारा गर्नेले यस्तो सोच्दो हो
घाट्मा जतिसक्दो मृत मानिस थपिदिनु ।
नोटले गोजी भरिन्छ कोट्ले मुद्दा छोप्छ
फेरि पनि हत्यारालाई बक्सिस थपिदिनु ।
पल्लो छेउको खेत भाइ कै नाउँमाहोस्
बाबा बरु यो थाप्लोमा आशिष थपिदिनु ।