Logo

गाउँपालिका राष्ट्रिय महासंघद्धारा प्रधानमन्त्री ओलीको ध्यानाकार्षण



काठमाडौं, ३१ साउन । गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कर वृद्धि गरेको विषयमा ध्यानाकार्षण गराएका छन् ।

बिहीबार महासंघका राष्ट्रिय अध्यक्ष होमनारायण श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई भेट्न २४ सदस्यीय प्रतिनिधिहरु प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेको थियो ।

भेटमा आफूहरुले प्रधानमन्त्री ओलीलाई संविधानको सहकार्य, सह–अस्तित्व र समन्वयको सिद्धान्तबमोजिम संविधानको धारा २३५ अनुसार संघीय कानून बनाउने कुरा अहिलेसम्म नबनेको भन्दै गम्भिर ध्यानाकार्षण गराएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

त्यस्तै कर्मचारी समायोजन नभएकोबारे पनि आफूहरुले प्रधानमन्त्रीको ध्यानाकार्षण गराएको श्रेष्ठले सुनाए । उनले भने,‘अहिलेपनि कर्मचारी समायोजन भएको छैन । जिल्लास्थित् विषयगत कार्यालयहरु यो वा त्यो वहानामा राखिराख्न खोजिएकोबारेपनि हामीले सरकारको ध्यानाकार्षण गरायौं ।’



प्रतिक्रिया दिनुहोस्