Logo

नाग पञ्चमिमा देखिएका दृश्यहरु



काठमाडौँ, ३१ साउन । आज साउन शुक्ल पञ्चमी नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो । हिन्दु धर्मावालम्बीहरुले आज घर–घरमा नाग देवताको बिधीपुर्वक पुजा आराधना गर्दे नाग पञ्चमी मनाएका छन । भक्तजनले दूबो, फूल, अक्षतालगायत सामग्रीले नागलाई पूजा गरी दूधको अर्घ दिने र दूधबाट बनाइने विशेष परिकार तथा बारीमा फलेको नयाँ फल चढाउने गर्छन् ।

नागपञ्चमीका दिन अष्टकूल अर्थात अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा आराधना गरेमा घर परिवारमा नागको भय नहुने र लक्ष्मीको बास हुने जनविश्वास रहि आइको छ । पानी र वर्षाका देवताका रूपमा पूजा गरिने नागको संझनामा आज दिनभर व्रत बस्ने र सूर्यास्त भएपछि नागको पूजा गरी खीर खाने गरिन्छ ।

नक्सालको नागपोखरी, ललितपुरस्थित धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका विभिन्न नागदहमा आज मेला लागेको छ ।यहाँ तिनै स्थलहरुमा नाग पञ्चमीका दिन देखिएका केही दृश्यहरुलाई हेर्न सक्नुहुने छ ।

तस्विरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्