काठमाडौं १ भदौ । राजधानी उपत्यकाको फोहोर फाल्ने स्थान औखरपौवाको सिसडोलमा थुपारिएको फोहोर पहाड बनेको छ। दुई वर्षका लागि बनाइएको अस्थायी ल्यान्डफिल साइट सिसडोलमा १३ वर्षसम्म फोहोर फालिँदा दुर्गन्धित पहाड बनिसकेको छ ।
यहाँ काठमाडौं, भक्तपुर र ललिपुरका १८ स्थानीय तहका साथै काभ्रेको बनेपा, धुनिखेल र नुवाकोटकोसमेत फोहोर फाल्ने गरिएको छ।
दैनिक एक हजार मेट्रिक टन फोहोर यहाँ आउने गरेको छ । उक्त फोहोरको पहाडमा केही मिनेट बस्दै मानिस बिरामी हुने अवस्था छ । त्यहाँ बिहीबार दुई घण्टा बिताउँदा दुर्गन्धले खपिनसक्नु भएन ।
सिसडोलको फोहोरको गन्ध दुई किलोमिटर वरसम्म फैलिएको छ । सिसडोलको फोहोरको दुर्गन्धले त्यसक्षेत्रको वातावराण पुरै प्रदुषित भएको छ। माक्स लगाउँदा पनि बान्ता नै हुने अवस्थाबीच स्थानीयबासी बसिरहेका छन् । फोहोरलाई सीधै स्थानीय खोलामा फालिएको छ।
फोहोरमा मोहोर खोज्दै
डुङडुङी गन्हाइरहेको फोहोरको पहाडमा मोहोर खोज्ने स्थानीय पनि भनेटिए । फोहोरको पहाडमा स्थानीय माहिला, बालबालिका आफ्नो पेट पाल्ने उपाय खोज्दैथिए । यही फोहोरमा बाख्रासमेत चराइरहेका थिए स्थानीयले ।
उनीहरु फोहोरमा नै रमाइरहेका थिए, अर्को विकल्प पनि थिएन । फोहोर संकलन गर्ने महिलाहरु ढुक्कसाथ भन्दैथिए,‘हामी त वर्षौँदेखि यहीँ काम गरिरहेका छौं । हाम्रो गुजारा यही हो, बालबच्चा यसैले पालेका छौ ।’
सिसडोलको अनुगमनका लागि पुगेका सबैले मुखमा मास्क लगाएर उभिँदा फोहोर छानिरहेका २४ जना भन्दाबढी अधिकांश महिला बालबालिका भने मास्क नलगाई फोहोर छानिरहेका थिए । दुई-तीनदेखि फोहोर फाल्ने टिपर लाइन कुरेर बसिरहेका थिए । अन्नपूर्णपोष्टबाट