Logo

अपाङ्गता व्यवस्थापन सम्वन्धि एक दिने अभिमुखीकरण तालिम सम्पन्न



कौरव खत्रीः गुल्मी ३१ साउन । गुल्मीमा विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाद्धारा सञ्चालित सक्षम परियोजना अन्र्तगत गुल्मीद्धारा अपाङ्गता व्यवस्थापन सम्वन्धि एक दिने अभिमुखीकरण तालिम गुल्मी दरवार गाँउपालिकाको गौडाकोट स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।

उक्क्त गौडाकोटको राजा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्यंमसेविकाहरुलाई अपाङ्गता व्यवस्थापन तथा न्यूिनकरण एवं पुनःस्र्थापनाका बारेमा बहु सिपयुक्क्त अपाङ्गता पुनस्र्थापना सहायक होमराज केसी एवं अपाङ्गता पुनस्र्थापना सहायक निर्मला पुरी र तुल्सी पाण्डेले तालिमको सहजीकरण गनुभएको थियो । तालिममा स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्यंमसेविकाहरु गरिे २१ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्