काठमाडौं, १ भदौ । गायिका भूमिका गिरीको तीजगीत ‘विकृति’ सार्वजनिक भएको केही समयमै लोकप्रिय बन्यो । ज्योती मगर र भूमिका गिरीको युगल स्वरमा तयार पारिएको गीतका शब्द नेत्र अर्यालले लेखेका हुन भने लय खेम सेन्चुरीले तयार पारेका हुन ।
केही समय यो गीत युटुव ट्रेण्डिङमा समेत पुगेको थियो । ज्योती मगर र भूमिका गिरीका वास्तविक जीवनका भोगाईहरु गीतको माध्यमबाट दर्शाउन खोजिएको छ ।
कुनै बेला अत्याधिक विवादमा आउने गरेकी गायिका तथा हट मोडल ज्योति मगरलाई गायिका गिरीले पहिरन देखि उनको रक्सीप्रतिको लगावले समाजमा ‘बिकृति’ ल्याउन सक्ने भन्दै त्यसो नगर्न सुझाएकी छन ।
यो समाचार तयार पार्दासम्म दुई हजार तीन सय जतिले मात्रै शब्सक्राईब रहेको भूमिका गिरीको आधिकारीक यूटुव च्यानलमा ७ लाख ४२ हजारले उक्त गीत हेरिसकेका छन । युटुवमा हिट र दर्शकको सामु फिट हुने मौका पनि यस गीतलाई मिलेको छ ।
ज्योतिका फ्यानहरुले ज्योतिलाई सुधार भएको देख्न चाहेको मनोविज्ञानलाई गीतका शब्दहरुमा उतारिएको छ । र निरन्तर रुपमा संस्कृति र लोक गीत क्षेत्रको विसकामा क्रियाशिल रहँदै आएकी नव गायिका गिरीले आफू पनि राम्रो काम गर्ने र अरुलाई पनि राम्रो कोर्णबाट लोक तथा दोहोरी गीत क्षेत्रको विकासमा लाग्ने आग्रह गरेको पाईन्छ ।
गीतको भिडियोमा भुमिका गिरी, ज्योति मगर, मालति घले, अञ्जीला वाइबा, सविता परियार र सीमा घर्तीको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन विष्णु शर्माले सम्पादन गरेका छन् ।