काठमाडौँ,१ भदौ । क्याथोलिक इसाईहरूको मुख्यालय मानिने भ्याटिकनले अमेरिकी क्याथलिक चर्चमा भएका भनिएका हजारौँ बाल यौन दुर्व्यवहारका घटना ढाकछोप गर्ने प्रयासहरू प्रति लज्जाबोध र दुख व्यक्त गरेको छ।
पोप फ्रान्सिसले जारी गरेको वक्त्यव्यले पीडितहरूप्रति सहानुभूति प्रकट गर्दै भ्याटिकनले यस्ता त्रासदीपूर्ण घटनाको श्रृङ्खलालाई जरैदेखि उखेलेर फाल्न खोजिरहेको बताइएको छ।अमेरिकी क्याथोलिक बिशपहरूका प्रमुख ड्यानियल डिनार्दोले यौन दुर्व्यवहारका घटनाहरू छानबिन गर्न भ्याटिकन अग्रसर हुनु पर्न बताएका छन्।
अमेरिकाको पेन्सिल्भेनिया राज्यका वरिष्ठ पादरीहरूले कसरी क्याथोलिक गिर्जाघरमा एक हजार भन्दा बढी बालबालिकाहरूमाथि यौन दुर्व्यवहार गरेका थिए भन्ने बृहत् अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि भ्याटिकनले त्यसप्रति लाज र दुस्ख व्यक्त गरेको हो।
तीनसय भन्दा बढी पादरीहरूलाई बाल यौन दुर्व्यवहार गरेको आरोप लागेपछि भ्याटिकनले चाहिँ पोप फ्रान्सिस उक्त घटनाका पीडितहरूको पक्षमा रहेको जनाएको छ।एउटा विज्ञप्तिमा भ्याटिकनले उक्त त्रासदीपूर्ण दुखद घटनालाई जरैदेखि उखल्नका लागि पीडितहरूलाई सुन्न चाहेको जनाएको हो।
अमेरिकी अभियोजनकर्ताहरूले पेन्सिलभेनिया या राज्यमा १ हजार भन्दा बढी बालबालिकाहरूलाई यौनदुर्व्यवहार भएको पत्ता लगाएपछि यो विषय बाहिर आएको हो।
अमेरिकी क्याथोलिक बिशपहरूको संगठनले पनि भ्याटिकनको नेतृत्वमा तत्काल एउटा अनुसन्धानको आह्वान गरेको छ।उक्त समूहका प्रमुख कार्डिनल ड्यानिएल डिनार्दोले उक्त प्रकरणलाई एपिस्कोपल नेतृत्वको विफलता भनेका छन्।
अमेरिकामा क्याथोलिक गिर्जाघरमा भएको यौन दुर्व्यवहारसम्बन्धी अहिलेसम्मकै ठूलो अनुसन्धान अनुसार पेन्सिलभेनियाको बृहत् जुरीले उक्त राज्यमा विगत ७० वर्षमा ३ सय १ पादरीहरूले बाल यौन दुर्व्यवहार गरेको पत्ता लगाएको हो।
त्यसरी दुर्व्यवहार गर्नेहरू र त्यस्तो अपराध लुकाउनेहरूलाई पनि पछि गिर्जाघरमा बढुवा गरिएको समेत उक्त जुरीले पत्ता लगाएको थियो।बीबीसी